• २०८३ जेष्ठ ७ गते बिहिवार

बिपि कोइराला स्टडी सर्कल लुम्बिनी प्रदेश सह सचिबमा अरुण अर्याल मनोनीत

राम बहादुर बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, रुपन्देही । नेपाली काङ्ग्रेस निगट भातृ सङ्गठन बिपि कोइराला स्टडी सर्कल लुम्बिनी प्रदेश सह(सचिबमा अरुण अर्याल मनोनीत भएका छन्। सर्कलका अध्यक्ष लक्ष्मण गौतमले सह(सचिबमा अरुण अर्याललाई चयन गरेका हुन।

बिपि कोइराला स्टडी सर्कल नेपाली काङ्ग्रेसका सस्थापक नेता नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एबम जननायक बिपि कोइराला जीवन संघर्ष,बिपि बिचार,दर्शन र बिपिका विभिन्न पुस्तकको अध्ययन,बिचार र बिमर्षका लागि गठन गरिएको सङ्गठन हो। संस्थाले हालसम्म विपि कोइरालाको बिचार,जीवन संघर्ष,बिपि बिचार,दर्शन र बिपिका विभिन्न पुस्तकको अध्ययन , बिचार र बिमर्ष तथा लोकतान्त्रिक शक्तिलाई बलियो बनाउन देशका ७७ ओटै जिल्लामा सर्कल बिस्तार भएको र लुम्बिनि प्रदेश को १२ जिल्लाका सबै पालिकामा निकट भबिस्यमा बिस्तार हुदै लैजाने मनोनीत सह सचिब अर्यालले बताए।

प्रदेश समितिमा मनोनीत सह सचिब अर्याल लुम्बिनी पोलिटेक्निक इनिष्टिच्युट प्रा.ली रुपन्देहीका संचालक,आइडियल इन्जिनियरीङ्ग सर्भिसेज प्रा. लि को प्रबन्ध निदेशक, नेपाल इन्जिनियरीङ परीषद सदस्य, नेपाल इन्जिनियरीङ्ग एसोसेसन सदस्य, तालिम तथा रोजगार व्यवसायी महासघ लुम्बिनि प्रदेश महासचिव, गण्डकि बेसि रुपन्देहि सम्पर्क मन्चको सस्थापक, सहकारी, टोलबिकास लगायत विभिन्न संघ संस्थामा आबद्ध रहेका छन।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस