वैशाख ३०, बाँके । बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पतालमा उपचाररत ९ कोरोना संक्रमितको मृत्यु भएको हो।
उनीहरू कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका थिए। बुधबार बेलुकी र बिहीबार बिहान गरी ९ कोरोना संक्रमितको मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोनाले बिहीबार बिहानसम्म २ सय १३ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएका एक सय ६३ संक्रमितको पनि मृत्यु भइसकेको छ।