• २०८३ मङ्सिर १ गते सोमवार

गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गुरुङले लिए शपथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि नियुक्त हुनुभएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनियताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनियताको शपथ गराउनु भएको हो ।

बैशाख २६ गतेको राजीनामापछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र बहुमतका आधारमा नाम पेश गर्न दलहरुलाई समयसीमा दिनुभएके थियो । अन्तिम समयसम्म पनि जनमोर्चाका तीन जना सांसदको हस्ताक्षर नपुगेपछि दलको समर्थनमा बहुमत दाबी गर्दै निवेदन पेश गरिएको थियो ।

जनमोर्चाका बाग्लुंगका सांसद कृष्ण थापाले हस्ताक्षर गर्न नमानेपछि जनमोर्चाले संसदीय दलको सचेतकबाट हटाएको पत्र प्रदेश सभा सचिवालयमा पेश भएपनि सांसद पदबाटै नहटाइएपछि गठबन्धनले बहुमत सिद्ध गर्न नसकेको हो ।

प्रदेश प्रमुख कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारीक पत्र पनि नआएको भन्दै गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेको हो । संविधानको धारा १६८ (३) अनुसार गुरुङ फेरि मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्रीको शपथ लिएसँगै अब गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस