बैशाख २९, काठमाण्डौ । अमेरिकाले ट्राभल एड्भाइजरी निकाल्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ । कोभिड–१९ को सङ्क्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको भन्दै अमेरिकाले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सुझाव दिएको हो ।
नेपालमा रहेका आफ्ना नागरिकलाई चार्टड विमानको सहायतामा अमेरिका लैजाने प्रस्ताव गरिएको र यसबारेमा अहिलेसम्म नेपाल सरकारको तर्फबाट कुनै जवाफ नआएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाललाई लेभल फोर मा राख्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको हो ।