• २०८३ जेष्ठ ५ गते मङ्गलवार

चक्कु प्रहार गरी नगद लुटपाट गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८, काठमाडौं । प्रहरीले रेमिट संचालन गरी बस्ने एक २० वर्षीया महिलालाई चक्कु प्रहार गरी नगद लुटेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट संचालन गरी बस्ने एक २० वर्षीया महिलालाई चक्कु प्रहार गरी नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरेको अभियोगमा काठमाडौं भंगाल बस्ने कञ्चनपुर भाँसी घर भएका ३६ वर्षीय सन्तोष बिष्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सन्तोषले ती महिलालाई चक्कु प्रहार गरी घाईते बनाई रेमिटबाट उक्त नगद लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चक्कु प्रहारबाट घाइते भएकी उनलाई उपचारका लागि भंगाल करुणा अस्पताल पठाइएको र अवस्था सामान्य रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस