• २०८३ जेष्ठ २६ गते मङ्गलवार

केन्द्रीय कमिटी बैठकअघि पेरिसडाँडामा नेताहरूबीच छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ९, काठमाडौं। केन्द्रीय कमिटी बैठक अगाडि नेकपाको दाहाल–नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । नेकपाको जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ आगामी रणनीति तयका लागि छलफलमा जुटेका हुन् ।

स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार दिउँसो १२ बजे बस्ने स्थायी कमिटी र १ बजे बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा र आगामी रणनीति तय गर्न छलफल भएको छ । यसअघि ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाइए पनि नेताहरुबीच छलफलका लागि भन्दै १ बजेका लागि बैठक सारिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटीको बैठक पनि १ बजे नै बालुवाटारमा बोलाइएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि एक बनेको नेकपा २ टुक्रा भइसकेको छ । यद्यपि यसले कानुनी र औपचारिक मान्यता पाउन मात्र बाँकी रहेको छ । त्यसैले पनि दुवै पक्षले बढीभन्दा बढी केन्द्रीय सदस्य आफ्नो पक्षमा पार्न दौडधुप गरिरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस