• २०८३ असोज १० गते शनिवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८, कञ्चनपुर । बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट १२ ग्राम २ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भिमदत्त नगरपालिका(१० तिलकेनी बस्ने २१ वर्षीय लक्ष्मण धामी र बझाङ बुगल नगरपालिका-८ जजल्ली बस्ने २२ वर्षीय नरेन्द्र जाग्री रहेका छन् ।

बा।४२ प ५४४६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक धामी र मोटरसाइकलमा सवार जाग्रीलाई पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस