• २०८३ जेष्ठ २ गते शनिवार

खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफलका लागि स्थायी कमिटी सदस्यहरुले छलफल गर्न लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलले बहुमतको सरकार गठनका लागि आह्वान समेत गरिसकेको अवस्थामा खनाल नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु भेटघाट गर्न लाग्नुलाई महत्त्वका साथ हेरिएको छ ।

सोमवार संसदमा भएको मतदानमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मतदान नगरी खनाल(नेपाल पक्षका २८ सांसदहरु तटस्थ बसेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस