• २०८३ बैशाख २५ गते शुक्रवार

माओवादी केन्द्रका नेताहरूको जिम्मेवारी हेरफेर

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २९, काठमाडौं । नेकपा माओवादी केन्द्रका केही नेताहरूको जिम्मेवारी हेरफेर गरिएको छ । माओवादी केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय सदस्यद्वय गोविन्द आचार्यलाई विशेष प्रदेश समिति र सन्तोष विष्टलाई बागमती प्रदेशबाट सम्पर्क समन्वय प्रदेशमा केन्द्रीय सदस्यको जिम्मेवारी ठोस गरिएको छ ।

यस्तै वैकल्पिक केन्द्रीय सदस्य मनऋषि धिताललाई सम्पर्क समन्वय प्रदेश समितिमा जिम्मेवारी ठोस गरिएको छ । यसैगरी गण्डकी प्रदेश सचिवालय सदस्य निराजन कुँवरलाई पनि सम्पर्क समन्वय प्रदेशमा सरुवा गरिँदा प्रवास समिति सदस्य सदस्य हर्क बहादुर थापालाई गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस