• २०८३ बैशाख २० गते आइतवार

देउवाले बोलाए पदाधिकारी बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे पदाधिकारी बैठक देउवा निवास बुढानिलकण्ठमा कोलाउनु भएके छ । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि देउवाले यसबारे छलफल गर्न पदाधिकारी बैठक बोलाउनु भएको हो ।

पार्टी पदाधिकारी बैठक बसेपछि नेकपा माओवादी केन्द्र, जसपालगायत दलसँग नयाँ सरकार गठनबारे छलफल गर्ने तयारी कांग्रेसको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विस्वासको मत मागेकोमा काग्रेस लगायत माओवादी केन्द्र र जसपा यादव समुहले विश्वासको विपक्षमा मत हालेपछि प्रधानमन्त्री पदमुक्त हुनुभएको छ ।

प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत आएको थियो भने विपक्षमा १२४ मत आएको थियो। जसपाको महन्थ ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस