• २०८३ असार १६ गते मङ्गलवार

३० वर्षीय पुरुषमाथि अप्राकृतिक करणी, कानुन नहुँदा छुटे आरोपी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ४, झापा । झापामा एक पुरुषमाथि शनिबार अप्राकृतिक करणी भएको छ । कनकाई नगरपालिका–७ बिरीङ खोला किनारमा स्थानीय ३० वर्षीय पुरुषमाथि अप्राकृतिक करणी भएको हो ।

घटनापछि पीडित पुरुष उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल भर्ना भएका छन् । करणीमा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ निवासी २१ वर्षीय विनोद टुडुलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई प्रहरीले सामान्य सोधपुछपछि छाडिएको छ । अदालतले म्याद थप गर्न नमानेपछि झापा प्रहरीले उनीहरुलाई छाड्नु परेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस