• २०८३ जेष्ठ १० गते आइतवार

जसपाका दुई नेताको भनाई बाझियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २७, काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत मागेर चलिरहेको संसदमा जसपाको मत बाझिएको छ । दलका तर्फबाट बोल्ने दुई नेताले फरक फरक मत राखेका हुन ।

संसदमा एक पाटीको एकजना मात्र बोल्ने भएपनि जसपाका दुई सांसद बोलेका हुन । प्रधानमन्त्रीले विश्वासको मत राखेपछि प्रमुख प्रतिपक्षकाे तर्फबाट नेपाली काङ्ग्रेसका तर्फबाट शेरबहादुर देउवा, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डले बोलेपछि चौथो पाटीको तर्फबाट महन्थ ठाकुरले बोलेका थिए भने सभामुखले पाचौं वक्ताका रुपमा उपेन्द्र यादवले समेत बोलेका हुन ।

संसदमा बोल्दै ठाकुरले आफ्नो पाटी तथष्ट बस्ने बताएका थिए भने यादवले विश्वासका विरुद्ध मत राख्न सांसदहरुलाई अनुरोध गरेका थिए ।यसरी सभामुखले नै एक पाटीलाई टुक्राएको भनेर सामाजिक सञ्जालमा विरोध गर्नेहरुले सभामुखको कदम गलत रहेको बताईरहेका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस