• २०८३ भाद्र २५ गते बिहिवार

उत्कृष्ट बलिङसँगै नेपाल फाइनलमा, ओमानमाथि ८७ रनको शानदार जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ओमानलाई ८७ रनले पराजित गरेको छ। यो जितसँगै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो। नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ३–३ विकेट लिए। त्यस्तै ललित राजबंशी र रोहित पौडेलले २–२ विकेट हात पारे।

ओमानका लागि जतिन्दर सिंहले २५ रन बनाए भने जितेन रमानान्दीले १२ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ५१ रन तथा बसिर अहमदले ४७ रनको महत्वपूर्ण योगदान दिए।

ओमानका जय विराम ओडेदारा र हसनैन शाहले ३–३ विकेट, जबकि मुहमद इमरानले २ विकेट लिए।

यो जितसँगै नेपालले अब शनिबार हुने फाइनलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेता टोलीले आगामी एशिया कपमा सहभागिता जनाउने अवसर पाउनेछ।

Sharing

प्रतिक्रिया दिनुहोस