• २०८३ भाद्र १० गते बुधवार

कोरोना कहर : मुगुका स्थानीय लाई रोगको भन्दा भोगको पिरलो

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २६ मुगु । पछिल्लो समय कर्णाली प्रदेशका जिल्लाहरुमा कोरोना संक्रमणको दर बढ्दै गए पछि मुगुमा पनि दर बढ्दै गईरहेको छ । कोरोना संक्रमणको दर बढ्दै गए पछि यहाका स्थानीय लाई त्रास बढेको छ । कोरोनाको त्रासका कारण गमगढी बजार बन्द हुने हल्ला भएपछि मुगुका नागरिकलाई खाद्यान्न जुटाउने हतार भएको हो ।


बन्द हुने हल्ला सुने पछि चामल लिन सदरमुकाम गमगढी पुगेका छायानाथ रारा नगरपालिकाका शोभाका सुरबहादुर सावतले यस वर्ष खडेरीका कारण स्थानीय रैथाने बालिहरु उत्पादनमा राम्रो नभए पछि जति हुन्छ त्यति सम्म खाद्यान्नको चामल खाएर पनि बाच्ने बताए । ग्रामिण भेगका स्थानीयहरु सदरमुकाम गमगढी बजारमा आएर खाद्यान्न किन्नेको ताँति लागेको थियो । सावतले भने एकातिर कोरोनाको त्रास छदैछ , घरमा खाने अन्न छैन , लगाउ भने एक टालो पनि छैन त्यसै अनुरुप अर्कोतिर पेट पाल्ने चिन्ता पनि उत्तिकै रहेको छ । सावत चामल लिन गमगढी बजारमा आएता पनि भनेको जतिको चामल पाएका छैनन ।

गएको बैशाख २२ गते जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिले निषेधाज्ञा गरे पछि उनीहरु लाई खाना नानामा समस्या परेको हो । समितिले लकडाउन गरे पछि ‘रोगसँगै भोकको त्रास हुन थालेको छ । उनी मात्र होईनन खाद्य चामल लिन आएकि युवति बसन्ति परियारको पनि उस्तै कथन रहेको छ । बन्द हुने हल्लाले घरबाट दुई घण्टा पैदल यात्रा गरेर खाद्यान्न लिन गमगढी बजारमा पुगिन । बजार बन्द भए के खाने ?’ कसरी भोको पेट लाई पाल्ने परियारले भनिन हामि लाई रोगभन्दा भोकको चिन्ताले पिरोल्ने गरेको उनको चिन्ता रहेको छ । बुधवार मात्रै जिल्लाका ग्रामीण क्षेत्रबाट खाद्यान्न खरिद गर्नेको स्थानीयको घुइँचो रहेको थियो ।

यता खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड मुगु शाखाका सुचना अधिकारी पुस्कर भामका अनुसार अहिले गमगढी बजारमा २ हजार ४ सय क्विन्टल चामल मौज्दात रहेको छ । पछिल्लो समय लकडाउन भए पछि गमगढी बजारको गोदाम बाट दैनिक ९० जना सम्मले चामल लिन आउने गरेको जानकारी दिए । लकडाउन भयो कोरोना संक्रमण पनि झनै बढ्न थाल्यो भीडभाड पनि निकै हुन्छ कार्यालयले सामाजिक दुरी कायम राखि चामल विक्रि वितरण भईरहन्छ भामले भने । अहिले दैनिक ८० क्विन्टलसम्म चामल बिक्री भइरहेको छ । यो साता नेपालगन्ज र बर्दियाको राजापुरबाट तीन ट्रक चामल गमगढी ल्याइएको कम्पनीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस