• २०८३ असार २० गते शनिवार

आजको मौसम : देशभर आँशिक देखि सामान्य बदली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ। जसका कारण देश भर आँशिक देखि सामान्य बदली रहेको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ।

महाशाखाले केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी, प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले सबैलाई आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस