• २०८३ बैशाख ५ गते शनिवार

प्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २३, काठमाडौँ। प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहनुभएको छ । केही समय अघि ६ जना सांसदहरु झलनाथ खनाल, पर्यटन मन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री जुली महतो, पूर्वमन्त्री रघुवीर महासेठ, विमला विक र सरिता न्यौपानेलाई संक्रमण पुष्टि भएको थियो ।

 प्रतिनिधिसभाका कूल ११ सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, नेपाल सरकारका तीन मन्त्रीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस