बैशाख २२, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं काठमाडौं उपत्यकाका उत्प्रेरक क्षितिज थेवे तथा राष्ट्रिय खेलकुद महासंघका उपाध्यक्ष निरेस लाल सिहको उपस्थितीमा राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको कार्यलय स्थापना गर्नुका साथै बोर्ड हाल्ने कार्य सम्पन्न गरेको छ।प्रतिनिधित्व तथा १५ वडा सदस्य आनन्द राम गौतम, अनिता परियार, नेकपा एमाले महानगर सदस्य लक्ष्मण शाही, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं क्षेत्र नं ८का उत्प्रेरक तथा नेकपा एमाले महानगर सदस्य निसार उद्दिन, नेकपा एमाले महानगर सदस्य उद्दब खड्गी, सानू फुबरे, राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, उपाध्यक्ष नियाज उद्दिन, सचिव संजय शाही, सदस्यहरु अनिस महर्जन, दिलिप शाही, श्री रत्न महर्जनहरुको उपस्थितिमा राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको कार्यलय स्थापना गर्नुका साथै बोर्ड हाल्ने कार्य सम्पन्न गरिएको हो ।

राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको पार्टी कार्यलय महानगर भित्र यो नै पहिलो रहेको छ । राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको पार्टी कार्यलयमा स्थापना पछी राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं काठमाडौं उपत्यकाका उत्प्रेरक क्षितिज थेवेले राष्ट्रिय युवा संघ १५ वडा कमिटीले गरेका गतिविधि बारेमा पनि जानकारी लिनुभयो। उहाँले राष्ट्रिय युवा संघ १५ वडा कमिटीले गरेका जनचेतना एवं १५ वडा बासीहरुलाई एम्बुलेन्स सेवा निस्शुल्क प्रदान गरेको कार्य एकदमै सर्हानिय रहेको बताउनु भयो। उहाँ आगामी दिनहरुमा कार्यक्रम गर्दा १५ का युवाहरूलाई अहिलेको जोखिम परिस्थितिमा आफू जोगिएर अगाडी बढ्न निर्देशन दिनुभयो । अहिलेको परिस्थितिमा युवाहरु अग्रपंक्तिमा रहेर त काम गर्ने हो तर जोसमा हैन होसमा रहेर कार्य गर्नुपर्ने बताउनु भयो । साथै १५ वडाका सदस्यहरुलाई राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीलाई वडा कार्यलयबाट पनि सहयोग गरिदिनु हुन आग्रह गर्नुभयो ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्र राष्ट्रिय युवा संघ नेपाल१५ वडा कमिटीको कार्यले गर्दा गौरवमय महसुस गरेको र राष्ट्रिय युवा संघ नेपाल१५ वडा कमिटीलाई आवश्यक सहयोग केन्द्रबाट गर्नुका साथै स्वयम्भूमा केन्द्रबाट हेल्प डेस्क चाडै नै राख्ने बताउनु भयो । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं क्षेत्र नं ८का उत्प्रेरक तथा नेकपा एमाले महानगर सदस्य निसार उद्दिनले क्षेत्र नं ८का उत्प्रेरकको भुमिका राम्रोसंग निर्वाह गर्दै अगाडि बढीरहनु भएकोमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रबाट धन्यवाद ज्ञापन गर्नुभयो।
त्यसै गरि राष्ट्रिय खेलकुद महासंघका उपाध्यक्ष निरेस लाल सिंह ले पनि महानगर भित्र राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी जस्तो सक्रिय कमिटी अहिले नरहेको बताउनु भयो । यस्तो कार्य अरु वडाले पनि सिक्नुपर्ने बताउनु भयो । साथै उहाँले खेलकुद महासंघबाट आवश्यक सहयोग गर्ने पनि बताउनु भयो ।
अन्तमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं काठमाडौं उपत्यकाका उत्प्रेरक क्षितिज थेवे तथा राष्ट्रिय खेलकुद महासंघका उपाध्यक्ष निरेस लाल सिंहहरुले उपस्थित सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।