• २०८३ बैशाख २० गते आइतवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २१, बारा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले निजगढ नगरपालिका-७ बस्ने बारागढी गाउँपालिका-२ घर भएका ३५ वर्षीय हितलाल हजरालाई मंगलबार बिहान पक्राउ गरेको हो ।

हितलालले ती किशोरीलाई विवाह गर्छु भनि ललाई फकाई निजगढ नगरपालिका(७ स्थित केरा बारीमा शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस