• २०८३ बैशाख ८ गते मङ्गलवार

थप ७ जिल्लामा निषेधाज्ञा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १८, काठमाडौँ । थप ७ वटा जिल्लामा शनिबार निषेधाज्ञा घोषणा भएको छ । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै मकवानपुर, गुल्मी, प्यूठान, काभ्रे, गोरखा, उदयपुर र बाजुराका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका हुन् ।

योसँगै निषेधाज्ञा घोषणा गर्ने जिल्लाको संख्या ३० पुगेको छ । यी जिल्लामा अत्यावश्यक र प्रशासनले अनुमति दिएका बाहेकका पेसा/व्यवसाय तथा सेवा सञ्चालनमा रोक लगाइएको छ । गोरखा र प्यूठानमा वैशाख २४ गतेसम्म, उदयपुर र गुल्मीमा २५ गतेसम्म, काभ्रेमा २६ गतेसम्म, मकवानपुर र बाजुरामा ३१ गतेसम्म निषेधाज्ञा लागू हुनेछ ।

योसँगै काठमाडौं उपत्यकासहित देशका २३ जिल्लामा पूर्ण र ७ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस