बैसाख १७, बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका नाईनामा घरमा आगलागि भएको पिडीत पीरवारलाई खप्तड मालिका युवा संजालले खाद्यान्न सहयोग गरेका छ । संजालका जिल्ला अध्यक्ष शुक्रराज बोहराका अनुसार जिल्लाको खप्तड छेडेदह गाउंपालिका वडा नं, ६ नाइनामा मंगलबार बेलुका ६ बजे भाने विष्टको घरमा आगलागि हुदां एक लाख बराबरको क्षति ग्रहसत परिवालाई खप्तड मालिका युवा संजाल बुढिगंगा नगरपालिका समितिका संयोगक घिरेन्द्र थापाको नेतृत्वमा गएको टोलीले पिडित परिवारको घरमै पुगेर राहत वितरण गरेको हो ।

खाद्यान्न वितरणमा चामल कट्टा ५० केजी, नुन ५ केजी, तेल ५ पोका, दाल ५ के जी, कलम एक दर्जन, साबुन एक दर्जन र कापी २ दर्जन गरी जम्म आठ हजार बराबरको राहत विवतरण गरेको संजालले बताएको छ ।
विस्टको घरमा आगलागि बाट करिव २० हजार नगद र अन्न , लत्ताकपडा गरि १ लाख बरावरको क्षेति भएको थियो ।आगलागि घर नजिकैमा रहेको भैसी गोठमा धुकाउने राखिएको आगो बाट सल्केर आगो लागेको विष्टले बताएका छन । आगलागि बाट घर भित्रमा रहेका सम्पुण सामान जलेर नस्ट भएका थियो भने मानविय क्षती भने नभएको थियोे । उक्त संजालले यो भन्दां अगाडी पनि दिन दुखिहरुको घाउमा मलम लगाउदै आएको छ ।