• २०८३ कार्तिक २४ गते सोमवार

गौमाताको पूजा गरि गाई तिहार मनाइदैँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २३, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार गाईमा सम्पूर्ण देवीदेवताको बास हुने धार्मिक विश्वासका साथ गाईलाई गौमाताका रूपमा पूजा गर्ने परम्परा छ ।

गाईलाई लक्ष्मीको प्रतीक मानिने भएकाले फूलमाला, टीका र विभिन्न परिकार खुवाएर श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ ।

धार्मिक मान्यताअनुसार गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सकिने विश्वास छ ।

Sharing

प्रतिक्रिया दिनुहोस