• २०८३ असार १४ गते आइतवार

शिवपुरी राष्ट्रिय निकुन्जमा आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १५, काठमाडौं । शिवपुरी राष्ट्रिय निकुन्जमा बैशाख १४ गते देखि लागेको आगो अझै नियन्त्रणमा आएकाे छैन । मंगलबार बेलुका करिब ४ बजे देखी शिबपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र अन्र्तगतको तारकेस्वर नगर पालिका वडा नं.२ को अल्ले जंगल भित्र लागेको आगो नियन्त्रणमा आउन नसकेको हो ।

स्थानीयबासी, नेपाली सेनाको अथक प्रयास गर्दागर्दै पनि आगो नियन्त्रण आउन नसक्दा पुरै जंगल बिनास भैरहेको छ । आगलागी नियन्त्रणमा आउन नसक्दा धेरै जीवजन्तुहरूको मृत्यु भएको छ । राष्ट्रिय निकुन्जबाट ल्याइएका खानेपानी पाईप लाईनहरूको समेत पूर्ण रूपमा क्षती हुँदा स्थानिय क्षेत्रमा खानेपानीको समस्या पर्न थालेको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस