• २०८३ बैशाख १९ गते शनिवार

माओवादी सांसद दाहालको अभिव्यक्तिविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद खेलनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पशुपतिनाथको जलहरी प्रकरणमा जोडेपछि राष्ट्रिय युवा संघ नेपालले विरोध गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद दाहालले जलहरी सुनको नभई पित्तल भएको अभिव्यक्ति दिएपछि एमाले निकट राष्ट्रिय युवा संघले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी राष्ट्रिय युवासंघका कार्यकर्ताहरूले ‘सिसिटिभी फुटेज खाने मुसा कहाँ गयो ?’, ‘लडाकु घोटाला छानबिन गर’, ‘राजन दाहाल सोचेर बोल, युवा खोज्दैछन तेरो पोल’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला जलहरी राखिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस