• २०८३ मङ्सिर ५ गते शुक्रवार

राष्ट्रिय युवा संघ १५ वडा कमिटीद्वारा वडालाई कोरोना मुक्त पार्ने अभियान

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १४, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी तथा स्वयम्भू प्रहरी वृत्तको सहकार्यमा स्वयम्भू भगवान पाउमा तेमाल जात्राको हुल भिडलाई नियन्त्रण गर्नुका साथै कोरोना (कोभिड १९) सम्बन्धि जनचेतना कार्यक्रम गरेको छ। कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी तथा स्वयम्भू प्रहरी वृत्तद्वारा कोरोना संक्रमणलाई मध्य नजर राखी स्वयम्भू वरपर जात्राले भएको भिड नियन्त्रण गर्नुका सथै स्वयम्भू माथि जान समेत रोक लगाएका थिए ।

आफू पनि बचौ अरुलाइ पनि बचाउ भन्ने नाराका सहित जनचेतना जगाउनुका साथै १५ वडा बासिहरुलाइ कोरोनाबाट बचाउन राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका सदस्यहरुलाई निरन्तर स्वयंसेवकको रुपमा परिचालन गरि अगाडि बढिरहेको छ। कार्यक्रममा नेकपा एमाले महानगर सदस्य उद्दब खड्गी, राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, सचिव संजय शाही, सह-सचिव कपिल शाही खड्गी, सदस्यहरु अनिस महर्जन, अरमान, स्वयम्भू प्रहरी वृत्तको तर्फबाट असइ किसोर खत्री लगायत प्रहरीहरुको टोलि उपस्थिति रहेको थियो ।

नेकपा एमाले महानगर सदस्य खड्गीले राष्ट्रिय युवा संघ नेपालले प्रहरी संग सहकार्य कोरोना मात्र नभई हरेक समाजिक कार्यमा अधि बढ्नु पर्ने बताउनु भयो । राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष डंगोलले राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले कामपा १५ वडा भित्र समाजिक, आर्थिक ,खेलकुद लगायत हरेक क्षेत्रमा १५ वडाका युवाहरुलाइ अगाडि बढाउने र आजको कार्यक्रममा सहकार्य गरेर साथ दिनुहुने स्वयम्भू प्रहरी वृत्तलाई धेरै धेरै धन्यवाद दिनुका साथै आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस