• २०८३ बैशाख ९ गते बुधवार

ऊर्जा मन्त्री रायमाझीलाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १४, काठमाडौं । ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई कोरोनाभाइरसको संक्रमण भएको छ। सोमबार गरिएको पिसिआर परीक्षणमा मन्त्री रायमाझीसहित उनको परिवारका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस