बैशाख १५, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा एक ८ वर्षीया बालिका बलात्कारको अभियोगमा ६३ वर्षिया वृद्ध पक्राउ परेका छन ।प्रहरीले बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने तनहुँ, दमौली नगरपालिका–१४ घर भएका ६३ वर्षीय कमल थापालाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरीले थापालाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।