• २०८३ बैशाख ५ गते शनिवार

बिर्तामोडमा एक युवतीको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २८,झापा । बिर्तामोडमा एक युवतीको शव फेला परेको छ । प्रहरीका अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीया सिर्जना बस्नेतको शव आफू बस्ने घर अगाडि सडक किनारमा फेला परेको हो ।

आज बिहान बाटो हिँड्ने मानिसले बिर्तामोडको सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । बस्नेत बिर्तामोडस्थित एक सहकारीमा कलेक्टरको काम गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस