बैशाख १३ मुगु । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ८ कि अम्बिका शाहीले हाम्रो रारा होमस्टेको ढोका खोलिन । उनको होमस्टेको ढोका खुले पछि पर्यटकहरुले पाईला फाटफुट रुपमा टेके । शाहीले होमस्टे स्थापना गरेको केही वर्ष भयो । होमस्टे सञ्चालन गरे , ब्यवासायि लाई अगाडी बढाए आत्म निर्भर बन्ने उनको चाहना थियो , बिडम्वना उनको त्यो ईच्छा साउनको महिना बाढिले बगा एभने जस्तै भयो । न कमाइृ भयो न त , ब्यवसाय फस्टायो ।

उनको ब्यवसाय बिच बाटोमै पुर्णविराम लाग्यो । यसरीनै दिन बिताईरहेकि शाही अब उनको त्यो चाहना माला उने जस्तै उनीने भएका छन् । त्यो ईच्छा पुरा गर्दिएको छ जिल्लामा रहेको एक सरकारी कार्यालय कृषि विकास कार्यालय मुगुले । ब्यवसायि गरेर चम्किने सोच राखेकि शाही अब उनको ब्यपापार ब्यवसाय चौपटमा नपरेर , आगामि दिनहरु झन उदाउदै जाने विश्वास लिईएकि छन् । ब्यवसायि सँगै पर्यटकहरु लाई तान्न एक मात्र माध्ययम बनेको होमस्टे ब्यवसाय पछिल्लो समय जिल्लामा धमाधम सञ्चालन भई रहेका छन् ।

विगत केही महिना देखि थला परेका होमस्टेहरु अहिले बिस्तारै बिस्तारै बामे सार्दे छन् भने ब्युतिएका छन् । पर्यटकको पर्खाईमा रहेका सामुदायिक होमस्टेहरु अझै पखाईमा रहेका छन् । यहाँको एक सरकारी कार्यालय कृषि विकास कार्यालयले तीन दिन सम्म सञ्चालन गरेको होमस्टे संचालन उद्यमि सदस्यहरु लाई उत्पादन विविधिकरण सम्बन्धि तालिम प्रदान गरि , होमेस्टे सञ्चाकहरु लाई आईतवार एक कार्यक्रमका बिच सामग्री हस्तान्तरण गरेको छ । कर्णालीका जिल्लामा उत्पादन हुने रैथाने बालि लाई सम्र्वद्धन प्रवद्र्धन गर्नको लागि होमस्टे सञ्चालकहरु लाई सो सामग्री हस्तान्तरण गरिएको हो ।
कृषि विकास कार्यालय मुगुको आर्थिक वर्ष २०७७।७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार रैथाने बालि प्रवद्र्धन कार्यक्रम तर्फ होमस्टे सञ्चालक उद्यमि सदस्यहरु लाई तालिम प्रदान गरि यसको बारेमा प्रशिक्षण पनि गरिएको कृषि विकास कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार कर्णाली लाई अर्गानिक प्रदेश भनेर घोषणा गरे पछि त्यसै अनुरुप रैथाने बालि लाई थप प्रवद्धन गर्नको लागि यो तालिम प्रदान गरि सामग्री हस्तान्तरण गरिएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख कमल बहादुर सुनारले बताए ।
उनले भने पछिल्लो समय कर्णालीका हिमाली जिल्लामा उत्पादन हुने अर्गानिक रैथाने बालि जौ , गहु , कोदो , फापर , लगायत दजर्ना अन्न बालिहरु हराउदै गएको कुरा लाई आतम साथ गर्दे यो होमस्टेले पनि आफ्नै खेत वारीमा उत्पादन हुने स्थानीय रैथाने बालिको सहि सदुपयोग भई यहाको बालि लाई पनि प्रमोट होमस्टेले पनि गर्न सक्ने भन्दै तालिम प्रदान गरिएको सुनारको भनाई छ । तालिम जिल्लाको छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोग गाउपालिकाका पुरुष ८ जना र महिला ७ जना गरि १५ जना लाई तालिम प्रदान गरिएको छ । तालिम प्रदान गरि कार्यालय प्रत्येक उद्यमिहरु लाई ब्लाङकेट २ , खोल २ , तकिया २ , तन्ना २ , थर्मस १ , ऐना १ , र टावेल १ वितरण गरेको छ । ५ लाख बरावरको लागतमा यि सामग्री वितरण गरिएको जनाएको छ ।
यता तीन दिन सम्म तालिम लिएका रारा लेक साईड लामाचौर होमस्टेका सञ्चालक नेत्र बहादुर रावललका अनुसार यस्ता कार्यक्रमहरु यहाका स्थानीय सरकार मार्फत हुनुपथ्र्यो , स्थानीय सरकारले नजर नदिए पनि एक सरकारी कार्यालयले नजर दिदा हाम्रो ब्यापार ब्यवसाय फड्को मार्दे जाने भएको जिल्ला हो । यहा दर्जनौ पर्यटकिय स्थल रहेका छन् । हाल सरकारले चिनेको रारा मात्र नभई रारा जस्तै अन्य पर्यटकिय थल जिल्लामा लुकेर बसि रहदा र सरकारको नजर नपर्दा अहिले ति पर्यटकिय स्थल आझेलमा परेका छन् । ति पर्यटकिय स्थलहरु लाई राज्य सँगै अन्तराष्टिय स्तर सम्म चिनाउन सके हामिहरु युवाहरुको सम्वृद्धि यहि बाट हुने उनको एक मत रहेको छ ।
उनीहरुका अनुसार यो तालिम त लियौ, तालिमका सिकेका कुरा ब्यवहारमा उतार्ने उनीहरुको भनाई रहेको छ । हाम्रो यहा सम्म गर्ने कुनै पनि अवस्था थिएन, कृषि विकास कार्यालयले केही घाउमा मलम लगाउने प्रयास गरेको हुदा थला परेका होमस्टेहरु आगामि दिनहरुमा ब्यवसायि चम्किने उनीहरुको सामुहिक भनाई रहेको थियो ।