• २०८३ कार्तिक २४ गते सोमवार

सुदुरपश्चिममा दुई जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १०, कैलाली । सुदुरपश्चिमका दुई जिल्ला बझाङ र अछाममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बिहीबार जयपृथ्वी नगरपालिका-६ का ४८ वर्षीय पुरुष र १५ दिनअघि भारतको गुजरातबाट अछाम फर्किएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल पर्सन नारायण जोशीका अनुसार भारतको तामिललाडुबाट चैत्र २९ गते फर्केका एकको जिल्ला अस्पताल बझाङको प्रयोगशालामा एन्टिजेन विधिबाट परीक्षण गर्दा वैशाख १ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई संक्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारको लागि कोहलपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।

यस्तै, स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार अछाम साँफेबगर नगरपालिका वडा नम्बर ६ भाग्यश्वरका ६५ वर्षीय पुरुषको जिल्ला अस्पताल मंगलसेनमा उपचारको क्रममा मृत्यु भएको हो । बुधबार बयालपाटा अस्पतालमा गरिएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस