• २०८३ जेष्ठ ३ गते आइतवार

धादिङमा बस दुर्घटना, १६ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १०, धादिङ । धादिङको धुनिबेसी नगरपालिका ६ धार्के चालिसेमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।   घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गएराति स्याङजाबाट यात्रु लिएर आएको ना ५ ख ४९१६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिदा १६ जना घाइते भएका छन । दुर्घटनामा घाइते भएकाहरुको शिव दर्शन अस्पताल धार्के र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस