बैशाख १०, काठमाडौं । नेकपा एमाले रामेछाप जिल्ला कमटीको निर्देशन बिपरित एमालेको माधब नेपाल समुहले समानान्तर कमिटीको भेला गरेको छ। जिल्ला कमिटीले उपस्थित नहुन कडा निर्देशन सहिदको सर्कुलर जारी गरेको भएपनि भेला गरिएको हो ।
केन्द्रिय तहमा नेकपा एकजुट हुने वातावरण बनिरदा जिल्लामा यस्ता गतिविधि संचालित हुनु भनेको पार्टीको विधि,बिधान र अनुशासनको सिधै उल्लंघन गर्नु हो । पार्टीको समानान्तर गतिविधि नगर्न पार्टी अध्यक्षले निर्देशन दिएपछि उक्त भेलामा जम्मा ९ नौ जना जिल्ला कमिटी सदस्यको उपस्थित रहेको थियो ।
७१ जनाको नेकपा एमाले रामेछाप जिल्ला कमिटीमा अहिले ६९ जना रहेका छन । जिल्ला कमिटीका सदस्यहरुको गणितीय हिसाबले र आज उपस्थित नेताकार्यकर्ताको संख्या हेर्दा रामेछापमा माधब समुह अत्यन्त कमजोर अबस्थामा रहेको देखिन्छ। नेकपा एमाले रामेछापमा एक ढिक्का छ भन्ने संदेशको पुष्टि समेत आजको भेलाले गरेको देखिन्छ ।उक्त समुहमा एमालेलाई जिल्लामा स्थापित गराउन भुमिका खेल्ने दुई नेता बाहेक अन्य नेता सहभागी थिएनन् ।
जिल्लाको भूगोलबाट उक्त भेलामा नगन्य कार्यकर्ताको उपस्तिथि रहेको थियो ।स्थानीय निकायमा एमालेबाट प्रायः वडामा जनप्रतिनिधिहरुले बिजय हासिल गरेका थिए ।जसमध्ये एक जना वडा अध्यक्ष माधब समूहले आयोजना गरेको सभामा सहभागी भएका थिए।स्थानीय निकाय ,प्रदेश र संघमा एमालेलाई बिजय गराउने हजारौं कार्यकर्ता र नेताले उक्त भेला बहिष्कार गरेका कारण काठमाडौबाट आएका केही कार्यकर्ता बाहेक अन्यको उपस्थिती देखिदैन थियो। देबसङ्खर पौडेल र शान्ति प्रसाद पौडेललाई नगर्न निर्देशन दिदा समेत उहाहरुले अटेर गर्दै भेला गरेका थिए।
भेलामा उपस्थित जिल्ला कमिटी सदस्यहरुमा शान्ति प्रसाद पौडेल, ज्ञान कुमार श्रेष्ठ, दुर्गा श्रेष्ठ, रत्न दर्जी, शान्ता सापकोटा, होतराज ढकाल, धनलाल योन्जन, लालसिंह तमाङ र ढालबिक्रम कार्की रहेका थिए । यस्तै भेलामा जनप्रतिनिधी तर्फ शान्ति प्रसाद पौडेल -बागमती प्रदेश सभा सदस्य, दिपा पाख्रीन-उप प्रमुख जिससर बलराम खड्का-वडा अध्यक्षको उपस्थिती रहेको थियो ।
पार्टीको सर्कुलर बिपरित भेला सम्मेलन गर्नेलाई जिल्ला कमिटीले तत्काल स्पस्टिकरण सोध्ने जनाएको छ।