• २०८३ बैशाख १७ गते बिहिवार

योगेश भट्टराई बालुवाटारमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ८, काठमाडौं । माधव नेपाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । नेता भट्टराई बुधबार दिउँसो अध्यक्ष तथा प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका हुन् ।

अध्यक्ष ओलीले मंगलबार मात्रै नेता माधव कुमार नेपालसहित केन्द्रका २७ सहित प्रदेशका ५ जना सांसदलाई स्पष्टिकरण सोधेको दिनै योगेश भट्टराई बालुवाटार जानुलाई अर्थपुर्ण तरिकाले हेरिएको छ । ओलीसँगको भेटमा भट्टराईले तिता मिठा कुरा विर्सेर पार्टी फुटबाट जोगाउन आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस