• २०८३ जेष्ठ २१ गते बिहिवार

नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्बजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्बजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्बजनिक गरेको हो ।

नेपाली राष्ट्रिय टिमको नयाँ जर्सीलाई नासा सेक्यूरिटीजले स्पोन्सर गरेको छ । नयाँ जर्सीमा निलो र रातो रंगको मिश्रण रहेको छ भने जर्सीको तल्लो भागमा सगरमाथाको चित्र राखिएको छ जसले जर्सीलाई अर्थपूर्ण र उत्कृष्ट बनाएको छ । जर्सीमा नयाँ स्पोन्सर नासा सेक्युरिटीजको लोगो अंकित गरिएको छ ।

गत साउन २५ गते क्यान र नासाबीच जर्सी स्पोन्सरको सम्झौता भएको थियो । नासा सेक्युरिटिजले राष्ट्रिय टिमको जर्सी स्पोन्सर गरे बापत बार्षिक २ करोड ३६ लाख भुक्तानी गर्ने गरि सम्झौता भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस