बैशाख ६, बाँके । बाँकेमा होमआइसोलेसनमा बसेका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १४ का ७५ बर्षिय संक्रमित पुरुषको गएराती मृत्यु भएको हो । उनलाई आइतवार संक्रमण पुष्टि भएको थियो ।