• २०८३ बैशाख ८ गते मङ्गलवार

घुस लिएको अभियोगमा कञ्चनपुरका मालपोत अधिकृतविरुद्ध मुद्दा दायर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १, काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार जग्गा नामसारी तथा अंशबण्डा गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा केही दिन पहिले जोशी रु २४ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका थिए ।

आयोगले बिगोबमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस