वैशाख १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे सम्बोधन गर्न लागनु भएको हो ।

प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नु भएको हो ।