चैत ३१, कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशाला मा गरिएको परिक्षणमा आज थप २० जनामा संक्रमण पुष्टि भएको छ ।
४९ नमुनाको परीक्षण गर्दा थप २० जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा धनगढीका ८ जना महिला, ९ जना पुरुष, कञ्चनपुरको बेलौरीका १ जना पुरुष र कैलालीको भजनीका २ जना महिला रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।