फागुन ४, काठमाडौं । धोबिखोलामा कार खसेको छ । मदन भण्डारी कलेज छेउमा कार खसेको सिंहदरबार वृत्तका डीएसपी गंगा पौडेलले जानकारी दिनुभयो ।

बा २१ च ६६१४ नम्बरको कार आइतबार साँझ धोबिखोलामा खसेको हो । प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन । अहिले मापसे लगायतका चेकजाँच गरिरहेको र कुनै मानवीय क्षति नभको ट्राफिक प्रहरीका एसएसपी विनोद घिमिरेले बातउनुभयो ।
यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो ।


