• २०८३ जेष्ठ १८ गते सोमवार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३१, बाँके । आफ्नै ३२ वर्षीया श्रीमती लक्ष्मी बिसीको कुटपिट गरी हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ उत्तरलधौरा बस्ने ४२ वर्षीय चक्र बहादुर बुढालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

चक्र बहादुरले घरायसी विवाद कारण लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस