चैत ३१, काठमाडौं । सरकारले वैशाख ११ गते नेपालको ऐतिहासिक सम्पदा धरहराको उद्घाटन गर्ने तयारी थालेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापना कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको उद्घाटनबारे जानकारी गराउनु भएको हो ।
उहाँले भूकम्प सङ्ग्रहालय लगायत संरचनाको पुनःनिर्माण गर्न बाँकी रहे पनि प्रतीकका रुपमा रहेको धरहराको आउँदो वैशाख ११ गते उद्घाटन गरिने बताउनु भयो । भूकम्पले भत्किएका ९३ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न हुन लागेको ज्ञवालीले बताउनुभयो । भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था, ८०० किमी सडक पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।