• २०८३ जेष्ठ २२ गते शुक्रवार

नियन्त्रित लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ३ सय एम्पुल डाईजेपाम, ३ सय एम्पुल फेनारागन र ३ सय एम्पुल नुर्फिन सहित बारा कलैया उपमहानगरपालिका(४ घर भएका १९ वर्षीय धर्मेन्द्र माझीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । बाराको कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ६१४३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा धर्मेन्द्रलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट ५ सय ४० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित सर्लाही हरिहरपुर नगरपालिका(४ घर हुने २३ वर्षीय यज्ञ बहादुर श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ८७८७ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यज्ञ बहादुरलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस