• २०८३ जेष्ठ २२ गते शुक्रवार

विश्वकप छनोट : नेपाल र लाओसबीचको खेल बराबरीमा सकियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २५, काठमाडौँ। विश्वकप छनोट २०२६ को प्रारम्भिक चरणअन्तर्गत पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दथरथ रङगशलामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् ।

खेलमा लोओसले पहिलो हाफमा अग्रता लियो । खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाए । उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्याउँदै गोल गर्न सफल भए । सुरुमा नेपालका अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई ‘बिट’ गर्दै सुन्दर गोल गरे ।

खेलको ४९औँ मिनेटमा नेपालका अन्जन विष्टले बराबरी गोल फर्काए । उनले एरिक विष्टको कर्नरमा हेडर गोल गरेका हुन् । पहिलो चरणको विश्वकप छनोट दुई लेगको फम्र्याटमा खेलाइएको हो । जसअन्तर्गत नेपाल र लाओसबीचको दोस्रो लेगको खेल यही असोज ३० गते लाओसमा हुनेछ । यस खेलको विजेता विश्वकप छनोटको दोस्रो चरणमा पुग्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस