• २०८३ मङ्सिर २ गते मङ्गलवार

राष्ट्रिय युवा संघद्वारा कोभिड-१९ सम्बन्धि जनचेतना कार्यक्रम

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २८, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीद्वारा स्वयम्भू भगवान पाउमा कोरोना कोभिड-१९ सम्बन्धि जनचेतना कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले कोरोना कोभिड-१९ हाल विश्व भरि मुलुकमा साथै नेपालमा पनि पुर्न कोरोना संक्रमीत बढीरहेको अवस्थामा आफू पनि बचौ अरुलाइ पनि बचाउ भन्ने नाराका सहित जनचेतना जगाउनुका साथै मास्क स्यानीटाईजर वितरण गरेको हो ।

कार्यक्रममा नेकपा एमाले १५ वडा कमिटीका अध्यक्ष धावा रुम्बा, नेकपा एमाले क्षेत्र नं ८का सचिव उदय पसखल, नेकपा एमाले महानगर कमिटीका सदस्य लक्ष्मण शाही, विजय पसखल, पुर्णकाजि ज्यापु, वडा सदस्य अनिता परियार, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय एवं स्थायी सदस्य शिव कुमार महर्जन, नेकपा एमाले सदस्य क।उद्दब खड्गी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य निसार उद्दिन, सुरेन्द्र थापा, राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका सचिव संजय शाही लगायत १५ वडा कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

नेकपा एमाले १५ वडा कमिटीका अध्यक्ष धावा रुम्बाले राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले गरेको यो कार्यक्रम अहिलेको प्ररस्थितिमा एकदमै सहनिय रहेको र नेकपा एमाले १५ वडा कमिटीको तर्फबाट सधै नै सहयोग रहने बताउनु भएको छ। साथै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय एवं स्थायी सदस्य शिव कुमार महर्जनले राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले वडा स्तरीय एउटा राम्रो कार्य सुरु भएको र राष्ट्रिय युवा संघ नेपालले स्थानीयहरु स्वास्थ मात्र नभइ हरेक क्षेत्र सहयोग गर्ने बताउनु भएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रबाट राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीलाई सधै सहयोग रहने प्रतिबद्धता समेत जनाउनु भएको छ  ।

Sharing

प्रतिक्रिया दिनुहोस