• २०८३ बैशाख ९ गते बुधवार

भैसाही नाकामा आगलागी हुँदा १० लाख बराबरको क्षति

मेगमन बुढा पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाका स्थित शसराम राना मगरको घरमा आगलागी भएको छ ।

शुक्रबार दिउँसो बजेतिर रानाको एक तले र दुई कोठाको घरमा आगजनी हुँदा पुर्णरुपमा जलेर नष्ट भएको हो । सो आगलागिबाट पशुचौपाय,लत्ताकपडा,खाद्यन, नगद,लगायत घरमा रहेको सम्पुर्ण सरसामान जलेर नष्ट हुँदा अन्दाजी १० लाख बरारको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै आपत बिपतमा सहयोग र सहकार्य गर्न सम्पुर्ण संघ संस्था स्थानिय सरकारलाई सो गाउँका समाजसेवी अमृत खड्काले अनुरोध गर्नु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस