• २०८३ जेष्ठ ८ गते शुक्रवार

मकवानपुरमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, मकवानपुर । मकवानपुरको भिमफेदी सानुटारमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति भिमफदीको भैसेबाट हेटौंडातर्फ आउदै गरेको ना ५ख ८१२९को ट्रक र विपरीत दिसाबाट जाँदै गरेको ना १९ प ८९६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्किएर दुर्घटना हुदा मोटरसाइकल चालक सिचाई टोल बस्ने २४ बर्षीय अनिश खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते हुनेमा कन्टेनरका चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२२ दुई नम्बर पुल बस्ने अन्दाजी ३२ वर्षका मधुकर विष्ट र कन्टेनरका मालिक मकवानपुरको भिमफदीका सुरेश घलान रहेको छ । घाइते चालक विष्ट हेटौंडास्थित चुरेहिल अस्पताल र अर्का घाइते घलानको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीको भनाई छ । उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस