चैत २०,काठमाडौँ । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेल नियुक्त भएका छन् । उउमन्त्रिपरिषदको आज बसेको बैठकले वन क्षेत्रका विज्ञ पर्वतका पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो । बैठकले विकास समितिका सदस्यहरुमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको छ ।
चुरे क्षेत्रको प्राकृति सम्पदामाथिको दोहनका कारण तराई मधेशको जमिन मरुभूमिमा परिणत हुने खतरा बढेपछि सरकारले चुरे संरक्षणका लागि विकास समिति गठन गरेको थियो ।मन्त्रिपरिषद बैठक चुरे–मधेश संरक्षण विकास समितिका पदाधिकारी नियुक्त