चैत्र १८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रतिनिधिसभामा रिक्त समानुपातिक सदस्यमा निर्वाचन आयोगले सिराहाका जानकीदेवी रामलाई निर्वाचित गर्ने निर्णय गरेको छ । आयोगको आज बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

समानुपातिक उम्मेदवारको दलित कोटाको बन्दसूचीमा रहनुभएका रामको नाम भोलि बिहीबार संघीय संसद सचिवालयमा पठाउने निर्णय भएको हो । एमालेको चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले सांसद सानु शिवाको निधन भएपछि रिक्त रहेको ठाउँमा रामलाई निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको थियो । राम निर्वाचित भएसँगै अव एमालेमा १२१ जना सांसद प्रतिनिधिसभामा कायम हुनुहुनेछ ।