• २०८३ मङ्सिर १ गते सोमवार

गोरखामा एमालेको समानान्तर कमिटी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १६, गोरखा । नेकपा एमाले खनाल–नेपाल समूहले गोरखामा समानान्तर कमिटी घोषणा गरेको छ । सोमबार बसेको समूहको भेलाले यादव बस्नेतको नेतृत्वमा ६४ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

नेकपा एमाले गोरखा जिल्ला कमिटी उपाध्यक्ष रहेका बस्नेतको अध्यक्षतामा कमिटी बनेको हो । भेलाले १४ सदस्यीय सचिवालयमा यादव बस्नेत, विशेश्वर कट्टेल, रजमदिन मियाँ, टेकराज भट्ट, सानुमाया बस्नेत, नारायणध्वज खड्का, कल्पना कुँवर, सीताराम बुढाथोकी, द्रोणचार्य तिमल्सिना, प्रदीप सिं क्षेत्री, अमृत कालाखेती, भोला श्रेष्ठ र कृष्णमान श्रेष्ठलाई चयन गरेको छ । भेलाले मंगलबारबाट कार्यालय व्यवस्थापन लगायत गतिविधि अघि बढाउने तयारी गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस