चैत्र १३, मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विस्तार गरेका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले शपथग्रहण गरेका छन्। राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् ।

नवनियुक्त मन्त्रीहरूमा टंक आङ्बुहाङ आर्थिक मामिला तथा योजनामन्त्री र उषाकला राई सामाजिक विकासमन्त्रीको सपथ लिएका छन्। यस्तै, राम रानाले भूमि व्यवस्था‚ कृषि तथा सहकारीमन्त्रीमा र अम्बिरबाबु गुरुङले भौतिक पूर्वाधार विकासमन्त्रीको सपथ लिएका छन्। राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री र कला घलेले भूमि व्यवस्था‚ कृषि‚ सहकारी तथा कृषि राज्यमन्त्रीको जिम्मेवारी सपथ लिएका छन्।