• २०८३ बैशाख २१ गते सोमवार

गाउँपालिका अध्यक्ष वलीद्वारा विद्यालय भवनको सिलान्यास

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, राेल्पा । राेल्पाकाे त्रिवेणी गाउँपालिका अध्यक्ष वलीद्वारा विद्यालय भवनको सिलान्यास राेल्पाकाे त्रिवेणी गाउँपालिका वडा न २ झुम्लुङ स्थित शुक्र मा.विकाे ५ काेठे आर.सिसि भवनको सिलान्यास गरिएकाे छ।गाउँपालिका अध्यक्ष शान्त कुमार वलीद्वारा आज एक कार्यक्रमका बिचमा ५ काेठे आर.सिसि भवनको सिलान्यास गरिएको हाे।

सिलान्यास कार्यक्रममा वडा न २ का वडा अध्यक्ष कविराज बुढा, शिक्षा अधिकृत अमृता बुढाथोकी ,शिक्षा समिति सदस्य तथा वडा न २ का वडा सदस्य धन बहादुर बस्नेत , विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमन्त बुढा , अभिभावक ,शिक्षक र विद्यार्थी लगाएतकाे सहभागीता रहेकाे थियोे ।

भवनको सिलान्यास गर्दै अध्यक्ष वलीले विद्यालय बालबालिकाकाे शुनाैलाे भविष्य काेर्ने थलाे भएकोले गर्दा बालबालिकाकाे भविष्य प्रति अभिभावक,जनप्रतिनिधि र शिक्षकहरू जिम्मेवारी हुनुपर्ने बताउँनु भयाे त्यस्तै वलीले गाउँपालिका मार्फत विनियोजित रकम ३२ लाखकाे ५ काेठे

आर .सि. सि भवन र ४ लाखकाे वास सहितको शाैचालय निर्माण हुने बताउँनु भयाे। सिलान्यास कार्यक्रममा शुक्र बाल क्लबले बालश्रम तथा बालबिवाह न्युनिकरण सम्बन्धि सडक नाटक समेत प्रदर्शन गरेका थिए । शुक्र मा. वि झुम्लुङका शिक्षक अभिभावक सँघका अध्यक्ष हेमराज बुढाकाे सभापतित्वमा शुरु भएकाे कार्यक्रमकाे सन्चालन शिक्षक पर्शुराम घर्तीले गर्नु भएकाे थियाे ।

Sharing

प्रतिक्रिया दिनुहोस